नेकपा अछामद्धारा बाढी पहिरो पीडितलाई राहत सहयोग

२०७९ आश्विन ९ गते, आईतवार

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी अछामले बाढी पहिरो पीडितलाई नगद सहित राहत सामग्री सहयोग गरेको छ । शुक्रबार नेकपा अछामका सचिव लोकेन्द्र शाही, नेकपा नेता निरक शाही र तिलक विष्टले पार्टीको तर्फबाट पीडित परिवारलाई नगद सहित राहत सामाग्री हस्तान्तरण गरेका हुन । पहिरोमा परेर ज्यान गुमाउने नेत्र शाही, मनिषा शाही, विमला शाही, जानकी शाही, भावना शाही, कमला शाही, सुन्दर शाही, करिस्मा शाही र मेलिना शाहीको परिवारलाई नगद पाँच हजारका दरले सहयोग स्वरुप राहत हस्तान्तरण गरिएको हो जिल्लाको तुर्माखाद गाउँपालिका ५ नाडामा पहिरोले खानेपानीको पाइप नै बगाए र लगेपछि खानेपानीको निकै समस्या भएको हुदा तत्काल समाधानका लागि ६०० मिटर पाइप बाढी पिडितलाई सहयोग गरेको सचिव शाहीले बताए ।
सचिव शाहीका अनुसार खानेपानी नहुदा बर्षातको पानी खान बाध्य पीडित परिवारमा ज्वरो आउने, झाडापखला लगाएत विभिन्न रोग सक्रमणको समस्या भएकाले तत्काल खानेपानीको सहजताका लागि पार्टीले जिल्लाको उत्पादन क्षेत्रमा सिँचाइको लागि प्रयोग हुदै आएको पाइप बाढी पीडित परिवारलाई हस्तान्तरण गरिएको बताए ।
भाद्र ३१ गते आएको अविरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरो बाट जनधनको ठुलो क्षति भएकाले यो विपत्तिको बेला जिल्ला पार्टी निरन्तर उद्धार राहतका निम्ति खटिरहेको समेत जनाए । – खेमराज बुढा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार