जनयुद्धका सहिद गोकुलको आमाको निधन प्रति नेकपाको गहिरो दुख व्यक्त

२०७९ आश्विन ३० गते, आईतवार

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button

३०असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जनयुद्धका महान सहिद प्रकाश र गोकुलको आमा बुचि धमालाको निधन भएको प्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शनिवार जिल्ला पार्टीको तर्फवाट इन्चार्ज विराट र सेक्रेटरी साहसीले संयुक्त रुपमा शोक वक्तव्य जारी गर्दै शान्नित्रिवेणी गाउँपालिका ७ मुम्रा निवासी क्यान्सर पीडित आमाको काठमाडौमा उपचारका क्रममा असोज २१ गते निधन भएकोमा दुख व्यक्त गरिएको हो ।

नेकपाले घरपरिवार प्रति गहिरो समवेदना व्यक्त गरेको छ । नेकपाले जनयुद्ध र एकीकृत जनक्रान्तिमा आमाले पुर्याएको योग्दानको स्मरण गर्दै आमाको योगदानको उच्च सम्मान व्यक्त गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार