देशभरको तापक्रम ह्वात्तै घट्यो

२०७९ कार्तिक ३ गते, बिहीबार


काठमाडौं । काठमाडौं लगायत देशभरको अधिकतम तापक्रम ह्वात्तै घटेको छ । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको हो ।,मंगलबार २५ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम हिजो २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो । आजको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।
विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भइ हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताए । अहिले नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । मनसुन सकिए पछि पश्चिमी वायूको प्रभाव हाबी हुने मौसमविद्ले बताएका छन् । पहाडी जिल्लामा चीसो सुरु भइसकेको छ । तापक्रम घट्दो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु