आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा

२०७९ कार्तिक ७ गते, सोमबार

काठमाडौं । आज कुकुर तिहार , घर घरमा कुकुर पूजा गरिंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो । कात्तिक कृष्ण चतुर्दशी अर्थात आजको दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । यस दिन बिहान नदी तथा तलाउमा गई स्नान गर्ने र घर आगन सरसफाई गरी नरक फाल्ने गरिन्छ । त्यसपछि घर घरमा कुकुरको पूजा गरिन्छ भने कुकुरलाई मिठा मिठा खान दिने चलन छ । यसो गर्दा मृत्युपछि यमलोक जाँदा यमराजको द्वारपालको रुपमा रहने श्याम र सबल नामकका कुकुरले बाटो छाडिदिने शास्त्रीय ब्याख्या रहेको छ ।
वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुरले धर्मराज युथिष्ठिरलार्य स्वर्ग जाँदा समेत साथ दिएको पनि शास्त्रीय कथन रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो जनावरको रुपमा लिने गरिन्छ ।

यस पटक आजै साँझ घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा पनि गर्नुपर्ने नेपाल पंचाङ्ग निणार्यक विकास समितिले जनाएको छ । सामान्यतः औंसीको राति महालक्ष्मी पूजा गर्ने गरिन्छ । तर यो वर्ष आजै अपरान्हपछि औंसी सुरू हुने र रातभर औंसी पनि आजै रहने भएकाले आज साँझ नै लक्ष्मीपूजा गर्नुपर्ने विज्ञहरुको सुझाव छ । भोलि सूर्य ग्रहण समेत रहेको र भोलि अपरान्हपछि औंसी तिथि सकिने भएकाले आज नै महालक्ष्मी पूजा गर्नु उत्तम हुने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार