युवा संगठन नेपालद्वारा अम्बरबहादुर राईको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । युवा संगठन नेपालले संगठनका केन्द्रिय सचिवालय सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज सुवास सिका बुवा अम्बर बहादुर राईको असमाहिक निधनले स्तब्ध भएको जनाएको छ । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली सिले शाेक वक्तव्य जारी गरि यस दुखद घडिमा बुवा अम्बर बहादुर राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदन प्रकट गरेका छन् ।
बुवा अम्बर बहादुर राईको निधनले घर परिवार, पार्टी पङ्ति र समाजलाई अतुलनीय क्षति पुगेको वक्तव्यमा उल्लेख छ । दमक नगर पालिका २ झापामा बस्दै आएका अम्बर बहादुर राई लामो समयदेखि विभिन्न दीर्घकालीन रोगहरुसँग जीवन मरणको लडाई लडि रहेका थिए