नेकपा दोलखाद्वारा बिभिन्न स्थानमा मशाल जुलुस सम्पन्न

२०७९ कार्तिक २८ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दोलखाले आसन्न संघ र प्रदेशको चुनाव खारेजीको माग गर्दै सदरमुकाम चरिकोट, तामाकोसी गाउँपालिकाको मालुमा मसाल सम्पन्न गरेको छ । त्यस्तै कार्तिक २७ गते साझ कालिन्चोक गाउँपालिका वडा नं. २ मा मसाल जुलुस कार्यक्रम सम्पन्न भएको छ । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा कार्तिक २६ गते साझ भएको मसाल जुलुस कार्यक्रमको नेतृत्व पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला सेक्रेटरी अर्जुन सीले गरेका थिए भने केन्द्रीय प्रतिनिधि सदस्य राजकुमार सी, जिल्ला सचिवालय सदस्य सीताराम सी, जिल्ला सचिवालय सदस्य पदम सी, जिल्ला समिती सदस्य, जयराम सी, जिल्ला समिती सदस्य जीत सीलगायतका दर्जनौं नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्तिक २६ गते साझ तामाकोसी गाउँपालिकाको मालुमा सम्पन्न भएको मसाल जुलुस कार्यक्रमको नेतृत्व पार्टीका जिल्ला समिति सदस्य दीपक सीले गरेका थिए भने पार्टीका जिल्ला समिति सदस्य मनोज सीलगायतका दर्जनौं नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्तिक २७ गते साझ कालिन्चोक गाउँपालिका वडा नं. २ मा सम्पन्न भएको मसाल जुलुस कार्यक्रमको नेतृत्व केन्द्रीय प्रतिनिधि समिति सदस्य क. जयकुमार सीले गरेका थिए भने पार्टीका जिल्ला समिति सदस्य नन्दु सीलगायतका दर्जनौं नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उक्त मसाल जुलुस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी- जिन्दावाद ।। वैज्ञानिक समाजवाद – जिन्दावाद ।। कथित निर्वाचन – खारेज गरौं ।।राष्ट्रघाती एमसीसी/एसपीपी- सम्झौता खारेज गर ।। संसदीय व्यवस्था – मूर्दावाद ।। लगायतका नाराहरु लगाइएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु