संसदिय चुनावविरुद्ध ललितपुरको बिभिन्न स्थानमा कोणसभा

काठमाडौं । आसन्न संघ र प्रदेश सभाको चुनाव खारेज/ बहिष्कारको पक्षमा रहेका तीन कम्युनिस्ट पार्टीले संसदिय चुनावले आममतदाता र जनताको अपेक्षा पुरा गर्ने भन्दा पनि एमसिसि पास गर्नेहरुको स्वार्थ पुर्ति गर्ने र संकटग्रस्त सत्ताको आयु लम्ब्याउन प्राण भर्ने उद्देश्यले हुन लागेको भन्दै ललितपुरका ४ स्थानमा कोणसभा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नकपा सम्मीलित तीन कम्युनिस्ट पार्टीहरुले चुनाव खारेजको औचित्यबारे प्रष्ट पर्ने उदेश्यले कोणसभा गरेका हुन।
विद्यमान संसदिय व्यवस्थाले देशमा शान्ति , स्थायित्व र समृद्धि दिन नसकिरहेको बेला यो व्यवस्थाको भण्डाफोर गर्न र बैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा जनमत सिर्जना गर्न भन्दै ललितपुर स्थित तीन दलद्वारा गरिएका कोणसभा कार्यक्रम अन्तर्गत कार्तिक २७ गते लगनखेल,२८गते लुभु, २९ गते चापागाउ र ३० गते बुङ्ममतीमा कोणसभा गरिएको जानकारी दिइएको छ ।
लगनखेलमा भएको सभालाई नेवा रास्ट्रीय मुक्ति मोर्चाका उपाध्यक्ष रत्न महर्जन , बैज्ञानिक समाजवादीका टिका घिमिरे र नेकपा नेता लोकेन्द्रले सम्बोधन गरेका थिए भने अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य निगम भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए।त्यस्तै लुभुमा सम्पन्न कार्यक्रमलाइ रत्न महर्जनले सम्बोधन गरेका थिए भने मोहन शिवाकोटीले सञ्चालन गरेका थिए।यस्तै गरि चापागाउ र बुङ्मतीमा भएका कार्यक्रमलाई रत्न महर्जन , महेश बज्राचार्य र निगम भन्डारीले सम्बोधन गर्दै कोणसभा सम्पन्न भएका छ्न।
अहिलेको चुनावले नेपालको आर्थिक समस्या , रोजगारीको समस्या , महङ्गीको समस्या र वैदेशिक हस्ताक्षपको समस्या हल नगर्ने बरु समस्या थपिने र बाह्य हस्ताक्षप बढाउन गठबंधन दलहरु मतियार हुने भन्दै कार्यक्रमका बक्ताहरुले चुनावमा मतदान नगर्न अपिल गरेका छ्न।तीन दलद्वारा आयोजित बिरोध कार्यक्रमका क्रममा ललितपुरका विभिन्न ठाउमा पर्चा बितरण र घरदैलो कार्यक्रम समेत गरिएको कुरा हाम्रा सम्बादातालाई जानकारी दिइएको छ।