नेकपा रुपन्देहीद्वारा आलु खेति सुरु

२०७९ मंसिर २१ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सामुहिक श्रम गरी जिल्लाको सैनामैना पर्रोहामा १ कठ्ठा खेतमा जिल्लाका नेता तथा कार्यकर्ताले आलु रोप्नुका साथै अम्बा गोडमेल गरेका छन् । पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत नेकपा रुपन्देहीले विगतदेखि १ बिघा १० कठ्ठा खेतमा धान १ बिघा खेतमा तरकारीहरु कुरिलो,भिन्डि,फर्सि,लौका,मकै,खुर्सानी,अम्बा,काक्रा आदि उत्पादन गर्दै आएको र अहिले १ कठ्ठा खेतमा आलु रोपेको हो ।जिल्ला सेक्रेटरी विश्वास सीको नेतृत्वमा भएको सामुहिक श्रममा जिल्लाका नेता,जबसमोर्चा सम्बद्ध नेता कार्यकर्ता पार्टी सदस्यहरुको सहभागिता रहेको थियो भने नेकपा गुल्मीका जिल्ला सेक्रेटरी सुमन सी पनि सामुहिक श्रममा सहभागि भइ श्रम गरेका थिए ।नेकपा रुपन्देहीले उत्पादनलाई थप विस्तार र व्यवस्थित गरेर लैजाने र राजनीति मात्रै नभइ बचेको समयलाई जनतासँगसँगै जनश्रममा जोडिने नेकपा जिल्ला सेक्रेटरी विश्वास सीले बताए । नेकपाले पूर्णकालीन नेता कार्यकर्तालाई देशैभर राजनीति वैचारिक कामका साथसाथै सामुहिक श्रममार्फत जनतासँग जोडिने अनिवार्य नीति रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार

आज काग तिहार

२०८२ कार्तिक ३ गते, आईतवार