आज काठमाडौंमा यस वर्षकै जाडो

काठमाडौं । आज काठमाडौंमा यस वर्षकै जाडो भएको छ । न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको हो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस पुगेको थियो । निरन्तर देशभर तापक्रम घट्न थालेसँगै सावधान रहन अनुरोध गरिएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको छ भने तराईका जिल्लामा पनि बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान :
२०७९ मंसिर २६ गते (सोमबार)
दिउँसो ː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ मंसिर २७ गते (मंगलबार)
दिउँसो ːप्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ː प्रदेश १ र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ मंसिर २८ गते (बुधबार)
दिउँसो ːप्रदेश १, मधेश प्रदेश आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ː प्रदेश १,मधेश प्रदेश र बागमती प्रदेशमा मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।