बस दुर्घटना : ६ जनाको मृत्यु, १८ घाइते

२०७९ पुष २२ गते, शुक्रबार


काठमाडौं । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । बस खुसार्ने पुग्नै लाग्दा बिहीबार राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरा भन्ने ठाउँमा दुर्घटना भएको थियो। दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, दान कुमारी खत्री, बिमा पाण्डे र गुनी गाहाको ज्यान गएको मजुङ्गको अस्थाई ट्राफिक चौकीका हवल्धार खिम बिक्रम थापाले जानकारी दिए । मृतक सबै एकै स्थानका हुन् ।
मृतकमध्ये तीन जनाको बसले च्यापेको अवस्थामा उद्धार गरिएको थियो । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ । पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । घटनास्थल सालझण्डी (ढोरपाटन सडकखण्ड) अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु