राष्ट्रिय बामपन्थी मंचद्वारा जहाज दुर्घटनाका परिवारजनप्रति समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रिय बामपन्थी मंचले दुखद र अकल्पनीय जहाज दुर्घटनामा परी ज्यान गुमाउन पुगेका मृतकका शोकसन्तप्त परिवारजन तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मंचका अध्यक्ष दीर्घप्रसाद पाण्डेले आज एक बिज्ञप्ति जारी गर्दै सो समबेदना व्यक्त गरेका हुन् । अध्यक्ष पाण्डेद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘हिजो मिति २०७९ माघ १ गते बिहान १०-३० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको 9N-ANC ATR-72 बिमान पोखराको सिताराम पुल नजिकै सेती नदीको खोंचमा करिब १०-५२ मा दुर्घटना भई ठुलो जनधनको क्षति भएको खबरले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । क्याप्टेन कमल केसीले उडाउनुभएको उक्त जहाजमा चालकदलका ४ जना र ६८ जना सर्वसाधारण यात्रु सहित ७२ जना सवार रहनु भएको थियो । यो अत्यन्तै दुखद घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरुप्रति राष्ट्रिय वामपन्थी मञ्च हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । दुखद र अकल्पनीय जहाज दुर्घटनामा परी ज्यान गुमाउन पुग्नुभएका मृतकका शोकसन्तप्त परिवारजन तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’