सोनाम ल्होसार मनाइदै

२०७९ माघ ८ गते, आईतवार

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा तामाङ समुदायको सोनाम ल्होसार पर्व । काठमाडौँ लगायत तामाङहरुको बसोबास रहेका स्थानमा आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको हो । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । सरकारले सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार