गर्मी बढ्यो

२०७९ माघ १४ गते, शनिबार

काठमाडौं । माघको दोस्रो हप्ता देखि नै काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोमा गर्मी बढ्न थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँसो घाम चर्किने गरेको छ । काठमाडौं पछिल्लो २४ घण्टामा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने उच्चतम तापक्रम २२ दशमलव ८ डिग्री पुगेको छ । काठमाडौं उपत्यकामा उच्चतम तापक्रम बढ्दो छ । त्यस्तै दिपायलमा उच्चतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । दिपायलमा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालगञ्ज र भैरहवामा पनि तापक्रम बढ्दो छ । नेपालगञ्जमा पछिल्लो २४ घण्टामा उच्चतम तापक्रम १९ दशमलव ८ र भैरहवामा २२ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । पोहोर माघमा माघको पहिलो हप्ता हिउँदे वर्षा भएको थियो भने माघको दोस्रो हप्ता चिसो नै थियो । सामान्यतया मंसिर १६ देखि फागुन मध्यसम्मसम्म हिउँदे वर्षाको समय मानिन्छ ।
नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको छ । तर यसपालि हिउँदे वर्षा र हिमपात कतै कतै फाट्टफुट्ट रुपमा मात्रै भएको छ । आज दिउँसो प्रदेश एकमा मौसम आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार