नेकपा बहुमतनिकट मजदुर संघ चितवन नेकपामा समाहित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) समर्थक अखिल नेपाल क्रान्तिकारी सेल्स तथा पसल मजदुर संघ चितवनका अध्यक्ष कृष्ण बहादुर लामासहितको सम्पुर्ण कमिटी नेपाल कम्युनिस्ट पार्टी मा समाहित भएको छ।शनिबार चितवनमा भएको एक कार्यक्रम विच उनिहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका हुन। नेपाल कम्युनिस्ट पार्टीको १२ औं बैठक पछि अलग्गिएका बास्तोला नेतृत्वमा आबद्ध नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा फर्कुने क्रम यस अघि पनि देशका विभिन्न जिल्लामा भैरहेको बेला सेल्स तथा मजदुर संघ चितवनमा आबद्ध कार्यकर्ताहरु आज नेकपामा समाहित भएका छ्न। प्रबेश गर्नेहरुमा सेल्स तथा पसक मजदुर संघ चितवनका अध्यक्ष कृष्ण बहादुर लामा,उपाध्यक्ष शोभा पौडेल ,कोषाध्यक्ष पिताम्बर अर्याल , सहसचिव पार्वती सुनार, सल्लाहकार सुवास रम्तेल र सदस्य सिता जिसी रहेका छन। उनिहरुलाई नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एबम नारायणी ब्युरो इन्चार्ज एटमले स्वागत गरेको बताइएको छ ।