तोडफोड गरिएका सालिक निर्माण गर्न समिति गठन

२०७९ माघ २३ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङले दाङको झिंगौरा पार्कमा तोडफोड गरिएका शालिक पुनर्निर्माणको पहलकदमी लिएको छ ।
१० वर्षको महान जनयुद्धमा सहादत प्राप्त गर्नुभएका घोराही झिंगौराका शहिदहरु .पृथ्वी चौधरी , ओम भक्त चौधरी (विजय) र लौटन चौधरीको शालिक माघ २० गते शुक्रवार अज्ञात समुहद्वारा तोडफोड गरिएपछि नेकपाले शालिक पुनर्निर्माणको पहलकदमि लिएको हो । आइतबार नेकपाले लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्के (राजेश) , निवर्तमान वडा अध्यक्ष शक्तिराम डागी , नेकपा पुर्बी दाङ जिल्ला इन्चार्ज सम्झना सी , नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सी , जिल्ला प्रहरी प्रमुख सहितको टोलिले सहिदहरुको सालिक तोडफोडको स्थलगत अनुगमन समेत गरेको छ ।
यता आजै नेकपा पुर्वी दाङ जिल्ला इन्चार्ज सम्झाना सी , सेक्रेटरी जनक सीले जिल्ला प्रशासन प्रमुख समक्ष पनि सालिक तोडफोडको घटना गम्भीर र अपराधीक भएकोले अनुसन्धान तीब्र बनाउन ध्यानाकर्षण गराएका छन ।
सहिद परिवारको भावनात्मक बिषय सामाजिक संरचना निर्माण र रक्षाको दायित्व सबैको भएकाले तुरुन्तै सहिदको सालिक निर्माण प्रक्रिया अगाडि बढाउन पर्ने कुरामा जोड दिइएको बताइएको छ। तोडफोड गरि भत्काइएको सालिक निर्माण समितिका पुर्व अध्यक्ष सहदेव थारुको नेतृत्वमा ९ सदस्यीय शालिक पुनर्निर्माण समिती गठन गरिएको नेकपा केन्द्रीय सदस्य तथा नेकपा पुर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सीले जानकारी दिएकी छन। – हेमन्त प्रकाश ओली

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु