नेकपा कञ्चनपुरले जनजागरण अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले यहि फाल्गुन १ गते देखि २ महिने जनजागरण तथा संगठन बिस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार सम्पन्न जिल्लाको तेस्रो पुर्ण बैठकले पार्टी केन्द्रको ६ महिने आवधिक योजनालाई पुरा गर्ने उदेश्यले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी केन्द्रको दस्तावेज तथा सर्कुलरको भाव र नेकपाको आगामी कार्यभारबारे प्रमुख अतिथि समरले प्रशिक्षण मन्तव्य सहित बैठकको दिशानिर्देश गरेका थिए। जिल्ला इन्चार्ज तथा सेक्रेटरी विपि सी को अध्यक्षता र नेकपा केन्द्रिय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य .कमल सी , केन्द्रिय प्रतिनिधि समिति सदस्यहरु ललित सी र राजेन्द्र सी को समेत सहभागिता रहेको थियो भने”जनजागरण तथा संगठन बिस्तार अभियान जिल्लाको सिमानाका गड्डाचौकीबाट उद्घाटन हुने बताइएको छ।