नेकपा मध्य कैलालीद्वारा संघर्षको उद्घोष

२०७९ माघ २६ गते, बिहीबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी मध्य कैलालीले मिटरब्याज र बैङ्क तथा वित्तीय संस्थाको आतङ्क विरुद्ध जनतालाई सजग गराउँदै संघर्ष गर्ने, जनताका मुद्धा मामिला र न्याय निरुपण गर्न पहल गर्ने, भ्रष्टाचार, प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्न संघर्ष गर्ने निर्णय समेत गरेको छ। हालै सम्पन्न जिल्लाको प्रथम पुर्ण बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि भगतसिंह सीले देशमा बढ्दै गइरहेको महंगी कालोबजारी मिटरब्याजले जनजीवन कष्टकर बन्दै गइरहेको बताउँदै महंगी ,मिटरब्याज नियन्त्रण गर्न पार्टीले योजना बनाइरहेको र उक्त योजनालाई सफल पार्न कार्यकर्तालाई निर्देशन दिए। लघुवित्त र बैङ्कले ब्याज बढाएर जनतालाई आतङ्कित र शोषण गरिरहेको उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताए। जनताका सुख दुःखमा सहयोग गर्न र व्यापक संगठन विस्तार गर्न आवश्यक भएको र छ महिने आवधिक योजनाअनुसार संगठन सुदृढ र विस्तार गर्न निर्देशन दिए।
मध्य कैलाली जिल्ला समितिका सेक्रेटरी बिरू सीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य तथा सेती व्यूरो इन्चार्ज भगतसिंह सी प्रमुख अतिथि रहेका थिए भने केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज प्रकाश सी सेती व्यूरो कार्यालय सचीव विनोद सी केन्द्रीय प्रतिनिधि समिति सदस्य किरण सी, धिरेन्द्र सी, जिल्ला कार्यालय सचीव जितु सी लगायत अतिथिहरू रहेका थिए।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी उत्तर पश्चिम कैलाली जिल्लाको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ। उत्तर पश्चिम कैलाली जिल्ला समितिका सेक्रेटरी आव्हान सीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य तथा सेती व्यूरो इन्चार्ज भगतसिंह सी प्रमुख अतिथि रहेका थिए भने केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज प्रकाश सी सेती व्यूरो कार्यालय सचीव विनोद सी जिल्ला सल्लाहकार महेन्द्र सी, राम सी लगायत अतिथिहरू रहेका थिए। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि भगतसिंह सीले देशमा बढ्दै गइरहेको महंगी कालोबजारी मिटरब्याजले जनजीवन कष्टकर बन्दै गइरहेको बताउँदै महंगी ,मिटरब्याज नियन्त्रण गर्न पार्टीले योजना बनाइरहेको र उक्त योजनालाई सफल पार्न कार्यकर्तालाई निर्देशन दिए। लघुवित्त र बैङ्कले ब्याज बढाएर जनतालाई आतङ्कित र शोषण गरिरहेको उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताए। जनताका सुख दुःखमा सहयोग गर्न र व्यापक संगठन विस्तार गर्न आवश्यक भएको र छ महिने आवधिक योजनाअनुसार संगठन सुदृढ र विस्तार गर्न निर्देशन दिए।
बैठकले महंगी, मिटरब्याज र बैङ्क तथा वित्तीय संस्थाको आतङ्क विरुद्ध जनतालाई सजग गराउँदै संघर्ष गर्ने, जनताका मुद्धा मामिला र न्याय निरुपण गर्न पहल गर्ने, भ्रष्टाचार, प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्न संघर्ष गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार