दलाल संसदीय व्यवस्था झन् झन् संकटग्रस्त र जिर्ण !

२०७९ माघ २९ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् बर्दियाका इन्चार्ज हिमशिखर सीले वर्तमान दलाल संसदीय व्यवस्था झन् झन् संकटग्रस्त र जिर्ण बन्दै गएकोले यसलाई सिसाको घरझैं ढाल्न उत्साहित, साहसी र शक्तिशाली भएर दृढतापूर्वक योजनामा हाम फाल्ने नेता कार्यकर्ताको पंक्ति चाहिएको बताएका छन्। नेता हिमशिखरले बर्दिया पश्चिम कमान्डले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै सो कुरा बताएका हुन् । उनले सबै संसदवादी पार्टी र तिनका नेता कार्यकर्ता जनतामा बदनाम भैसकेकाले जनतामा भिजेको पार्टी, जनताले विश्वास गर्ने नेता कार्यकर्ता, जनताको सुख दु:खको साथी बन्नु पर्ने उपयुक्त अवसर आफ्नाे पार्टीलाई आएको भन्दै जनता र देशमाथि थोपरिएका तमाम उत्पीडन विरुद्ध जनतालाई गोलबद्ध गरेर सशक्त संघर्ष संचालन गर्नुपर्ने बताए ।
साथै महान जनयुद्धको २८ औं वार्षिकोत्सवको शुभकामना दिदै पार्टीले अगाडि सारेको आगामी दिनमा हुने राष्ट्रियता, जनतन्त्र, जनजिविकाका साथै महंगी, भ्रष्टाचार, लघुवित्त, मिटरब्याजि लगायत विविधखाले बेथिति विसंगतिका विरुद्ध संघर्षका कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिए ।
उक्त कार्यक्रम नेकपाका पश्चिम कमान्ड इन्चार्ज पहलमान सी को अध्यक्षतामा सम्पन्न भएको थियो। गेरुवा गाउँपालिका सेक्रेटरी दान बहादुर कुमालले संचालन गरेको कार्यक्रममा पूर्वीकमाण्ड इन्चार्ज राम सी, गुलरिया नगर सेक्रेटरी पदम सी लगायत नेताले सम्बोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु