नेकपा उत्तर मेचि- कोशी ब्युरोले मितेरी अभियान चलाउने

२०७९ फाल्गुन ३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उत्तर मेची – कोशी ब्युरोले जनता सङ्गको सम्बन्धलाई जीवन्त वनाउन, जन आधारित पार्टी र नेता बनाउने केन्द्रिय योजनालाई पुरा गर्न जनमितेरी अभियान सञ्चालन गर्न लागेको छ। ओली सरकारले नेकपा माथि प्रतिबन्ध लगाए पछि भत्केको पार्टी संगठन र पछिल्लो ६ महिने आवधिक योजना अनुसार जनआधारित पार्टी निर्माणको लक्ष्यलाई सफल पार्न जनता सङ्ग मितेरी अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो।
ताप्लेजुङको फुङ्लिङमा मङ्गलबार सम्पन्न नेकपा उत्तर मेची – कोशी ब्युरोको प्रथम बैठकले लघु बित्तको ज्यादती , स्थानीय तहको भ्रस्टाचार ,कालोबजारी, र सुतखोर बिरुद्ध जनपरिचालन सहित जनसंघर्ष गर्ने निर्णय गरेको कुरा नेकपा ताप्लेजुङका इन्चार्ज असल सीले जानकारी दिएका छन ।
यस्तै बैठकले सङ्खुवासभा जिल्ला इन्चार्जमा युवराज सी र सचिबको जिम्मेवारी सुनिता सी लाई दिएको बताइएको छ ।भने तेह्रथुम जिल्ला इन्चार्जमा कमला, सचिब निमा र ताप्लेजुङ इन्चार्ज असल र सचिबमा अबिसेक तथा उत्पादन बिभाग प्रमुखमा बिशाललाई जिम्मेवारी तोकेको छ । बैठकमा ब्युरो इन्चार्ज देवको अध्यक्षता र नेकपा पोलिटब्युरो सदस्य दिपेश सी को बिशेष उपस्थिति रहेको थियो।-अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार