बैंक तथा वित्तीय संस्थाकाे शाेषण विरूद्व उदयपुरमा प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले बैंक तथा वित्तीय संस्थाकाे शाेषणविरूद्व प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट शुरू भएको विराेध प्रदर्शन बजार परिक्रमा गरि पिपलचोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त विराेध सभालाई सम्वाेधन गर्दै नेकपाका उदयपुर जिल्ला ईन्चार्ज अमृत सीले देशमा भएको महंगी, भ्रष्टाचार, कालोबजारी, मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाको चर्को शाेषण विरूद्व दलालहरु नसच्चिए कार्वाही गर्ने चेतावनी दिए । उनले लघुवित्तिय संस्थाहरूले गाउँघरमा लगानिको नाममा गरिब जनतालाई घरबारबिहिन बनाउने र आत्माहत्या गर्न बध्य पार्ने दलाल संसदीय पूँजीवादी व्यवस्था पूर्ण असफल भएको भन्दै याे व्यवस्थाले जनतालाई न्याय नदिने र अबको विकल्प एकीकृत जनक्रान्ति हुदै बैज्ञानिक समाजवादी ब्यबस्था स्थापन गर्न सबै लाई साथ दिन अनुरोध गरेका थिए।
त्यस्तै विराेध सभालाई सम्वाेधन गर्दै माओवादी मजदुर पार्टीका महासचिव हिमाल राईले देशमा भएको मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाको अत्याचार,महंग्गी भ्रष्टाचार राज्यले नियन्त्रण गर्नु पर्ने र जनताको दैनिक जीबनमा आईपर्ने गास,बास कपासको ग्यारेन्टी राज्यले गर्नु पर्ने कुरामा जोड दिएका थिए भने कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मनिस सीले गरेका थिए।