नेकपा सुर्खेतद्वारा सहिद परिवारलाई अभिनन्दन

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले सहिद परिवारलाई अभिनन्दन गरेको छ। सो पार्टीले सुर्खेतको दशरथपुरमा सहिद परिवारलाई अभिनन्दन गरेको हो । उक्त कार्यक्रम नेकपा सुर्खेतका ईन्चार्ज धुर्ब सीको प्रमुख आतिथ्यतामा भएको थियो भने अतिथिमा सेक्रेटी जीत सी रहेका थिए । रमेश सीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन राजन सीले गरेका थिए।
