नेकपा बाँकेद्वारा शहिद परिवारलाई सम्मान

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी बाँकेले शहिद सप्ताहको अवसरमा शहिद परिवारलाई सम्मान गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एबं बाँके ईन्चार्ज रणदिपले महान सहिद जन्माएको जनयुद्दले देखेको सपना एकीकृत जनक्रान्ती द्दारा पुरा गरि छाड्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि हालतमा नेकपा र यसको नेतृत्वले धोका नदिने बताउदै भने – ‘माओवादी जंगलमा हुदा ईमान्दार, सज्जन र अनुसासित रहयो तर शहरमा आउदा वा १२ बुदेपछि अख्तियार गरेको कार्यशैलीले जंगली शैली अपनायो भन्ने यो सबै दृष्टीकोणमा देखिएको खराबी हो। जनयुद्धका सहकर्मीभन्दा काग्रेस प्यारो मान्ने ठाउमा पुगेपछि एकता सुदुर भबिश्यको बिषय बनेको छ तर पनि ईमान्दार कम्युनिष्टहरुसंग पार्टी एकताको लागि तयारै रहेका छौ । ‘
उक्त कार्यक्रममा शहिद परिवारलेसमेत धारणा राखेका थिए । उनीहरुले नेकपाप्रति बिश्वास भएको र धोका नहोस भन्दै पार्टीले जनताको गुनासो सुनोस र प्रचण्डलाई काग्रेस हुनबाट बचाउन पार्टी एकता गरोस भन्ने सुझाव राखेका थिए ।
उक्त सहिद तथा ब्यपत्ता परिवार अभिनन्दन कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी कल्पना गरेकी थिइन् भने केन्द्रीय सदस्य रणदिपको प्रमुख आतिथ्यता रहेको थियो । सहिद परिवार समाज दक्षिण कर्णाली ब्युरो संयोजक पुर्णमा, शहिदपरिवार समाज बाँकेका संयोजक राजेश , प्रतिबोध एफएमका समाचारबाचिका अनिता बिकको अातिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा शहिदपरिवारलाई सम्मान स्वरुप काँसका कचौरा उपहार प्रदान गरिएको थियो ।
