नेकपा मकवानपुरद्वारा सहिद परिवारलाई सम्मान

२०७९ फाल्गुन २२ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारलाई सम्मान पत्रसहित मायाको चिनो वितरण गर्दै सहिद सप्ताह समापन गरेको छ । पार्टीले फाल्गुन १४ गते सहिद सप्ताह उद्घाटन गरेको थियो । साताभरी शहिद परिवारसँग भेटघाट गर्दै आज सहिद सप्ताहको अन्तिम दिन समापन कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरुको उच्च सम्मानसहित परिवारजनलाई सम्मान पत्र र मायाको चिनो वितरण गरेको छ । कार्यक्रमको सम्बोधन गर्ने क्रममा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले शहिदप्रति उच्च सम्मान व्यक्त गर्दै दलाल सरकार जन्माउने संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरि शहिदका सपना साकार पार्ने उद्देश्य पार्टीले लिएको बताए ।
पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको सभाध्यक्षता रहेको थियो । अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीले सन्चालन गरेको कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य गुण सीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार