पुस्पलाल अध्ययन समाजद्वारा चिनिया प्रतिनिधिमण्डललाई स्वागत

२०७९ फाल्गुन २३ गते, मंगलवार


काठमाडौं । पुस्पलाल अध्ययन समाजले नेपाल भ्रमणमा आएका चिनिया प्रतिनिधिमण्डलका सदस्यहरु मास्टर चु , मिस वाङ र मिस चु लाई स्वागत तथा भेटघाट गरेको जानेको छ । उक्त अवसरमा चिनिया पाहुनाहरुलाई समाजका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा कमरेड पुष्पलालका फोटोहरु प्रदान गरेर सम्मान गरिएको थियो । यस स्वागत कार्यक्रममा पुष्पलाल अध्ययन समाजका पदाधिकारीहरु र उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त भेटघाट तथा स्वागत कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष कमरेड लोककृष्ण भट्टराईले पुष्पलाल अध्ययन समाजका उद्श्यहरुकाबारेमा प्रकाश पार्दै कमरेड पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानका बारेमा प्रस्ट्याउदै वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन र नेपालका कम्युनिस्टहरूले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा पुग्ने ऐतिहासिक दायित्व पुरा गर्नुपर्ने सम्बन्धमा प्रकाश पारेका थिए ।
उक्त अवसरमा नेपाल र चीन बीचमा रहेको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउदै लैजाने कुरामा दुबै पक्षका विचारहरु आदानप्रदान गरिएको समाजका उपाध्यक्ष हस्तबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार