ललितपुर महानगरका शिक्षा अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत पौडेललाई बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो ।