बाजुरामा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

२०७९ चैत्र १३ गते, सोमबार

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले गएराति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । माघको १० र १२ गते पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको थियो । माघ १० गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । पश्चिम नेपालमा ५ सय वर्षभन्दा लामो समयदेखि ठूलो भूकम्प नगएको र त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले जोखिम कायमै रहेको भूगर्भविद्ले बताउँदै आएका छन् ।
वि.सं. २०७२ मा ठूलो धनजनको क्षति हुनेगरी भूकम्प जानुअघिसम्म धेरैले नब्बे सालको भूकम्प भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भूकम्पका रूपमा लिने गर्थे। भूकम्पको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा वारम्वार नब्बे सालको जस्तै भूकम्प आउन सक्छ भनेर जनमानसलाई सार्वजनिक रूपमा भन्ने गरेको पाइन्थ्यो।
त्यसबारे कैयौँ लेख लेखिएको भेटिन्थ्यो। स्वदेशी र विदेशी दातृनिकायको आर्थिक सहयोगमा हुने भूकम्पसम्बन्धी कार्यक्रमहरूमा पनि यस्ता अभिव्यक्ति सार्वजनिक हुने गरेको सुनिन्थ्यो।
वि.सं. २०७२ साल वैशाख १२ गते दिउँसो ११ः५६ मा गएको भूकम्पले मुलुकभरि ठूलो धनजनको क्षति गर्‍यो। र, धेरैले आज पनि त्यसलाई नब्बे सालकै भूकम्पसँग तुलना गर्ने गरेका छन्। नेपालमा विगत आठ सय वर्षमा ५० वटा ठूला भूकम्प गएका छन् । भूकम्पबाट राजाको पनि ज्यान गएको थियो । गोपालराजवंशावली अनुसार वि.सं. १३१२ को भूकम्पमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ। त्यस भूकम्पले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार