न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन हुँदै

२०७९ चैत्र १५ गते, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ । बुधबार र बिहीबार हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बताइएको छ । स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या, चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो । सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरी ४ सय ५० पालिकाबाट सहभागिता हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिईन ।
सम्मेलनबाट मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि, मेलमिलाप र निर्णय प्रक्रियाका बारेमा समान बुझाई विकास हुने अपेक्षा गरेको छ । न्यायिक सम्मेलनले न्याय सम्पादनका काम प्रभावकारी हुने, सर्वसाधारणमा न्यायको पहुँच बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]