सी जातिको अवधारणा विषयक विचार गोष्ठी हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपालले नेपाली समाजमा विद्यमान जात व्यवस्था र त्यसद्वारा उत्पन्न विभेद एवम् छुवाछूत जस्तो निकृस्ट व्यवस्थाबाट मुक्ति प्राप्त गर्न नयाँ साम्यवादी जातिको रुपमा अधि सारिएको सी जातिको अवधारणाबारे बिचार गोष्ठी गर्ने भएको छ। चैत २१ गते मंगलबार दिउँसो १२ बजे काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने गोष्ठीलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त विचार गोष्ठीमा मोर्चाको अध्यक्ष रामलाल सीद्वारा अवधारणा पत्र प्रस्तुत हुने र उक्त अवधारणा पत्रमा पूर्व सभासद सन्तोष सी, लेखक – कमला हेमचुरी, मानवशास्त्री डा. श्यामु थापामगर, प्राध्यापक अबदुल सलाम खान, दर्शनशास्त्री डा. खगेन्द्र प्रसाइ, पूर्वराजदूत डा. निर्मल कुमार बिक. र लेखक- तुलनारायण शाहले टिप्पणी गर्ने कार्यतालिका रहेको बताइएको छ ।