एकल आमाका सन्तानलाई मावलीकै थर कायम गर्न निर्देशन

२०७९ चैत्र २३ गते, बिहीबार

काठमाडौं । गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै अर्थात मावलीकै थर राखेर गर्न निर्देशन दिएको हो ।
त्यस्तै ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको आमा तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने भनिएको छ । यसरी जन्मदर्ता गरिसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा यसलाई रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागले वडा कार्यालयहरुलाई परिपत्र गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पुसमै पाक्यो ‘चैते काफल’ !

२०८१ माघ ३ गते, बिहीबार

पूर्वअसई बन्दुकसहित पक्राउ

२०८१ माघ २ गते, बुधबार

भूकम्प सुरक्षा दिवस मनाइँदै

२०८१ माघ २ गते, बुधबार