विथलडाँडा वीरता दिवस मनाइदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले मालकोटको विथलडाँडा ऐतिहासिक महिला विद्रोहलाई विशेष कार्यक्रमको आयोजना गरि आज मनाउँदैछ । नेपाल कम्युनिस्ट पार्टीले जिल्ला सदरमुकाम मान्ममा विथलडाँडा घटनाको स्मरणमा विशेष कार्यक्रम आयोजना गरि बिद्रोहमा सहभागी महिलाहरुलाई सम्मान गर्न लगेको हो ।
नेकपाले हरेक वर्ष जिल्लाको ऐतिहासिक महिला विद्रोह घटना भएको भन्दै चैत २६ लाई बिशेष दिनको रूपमा कार्यक्रम गर्दै आएको छ । आज भन्दा २५ वर्ष अघि जनयुद्धलाई दबाउन तत्कालीन सरकारका सुरक्षाकर्मी २०५४ साल चैत २६ गते जनदमनका लागि माल्कोट विथलडाँडा पुगेका थिए । सुरक्षाकर्मीहरुले विथलडाँडाकी प्याउकला विकको घरमा खानतलासी गर्दै उनको टाउकोमा गोलि प्रहार गरेका थिए ।
उक्त घटनापछि सबै माल्काेटी शाहसी महिलाहरु संगठित भएर जनदमनमा गएको सुरक्षाकर्मीमाथि घरेलुु औजार ढुंगामुढाले आक्रमण गरे ।
प्रहरीलाई महिलाले लखेट्दै रहगाड हुदै काेटबाडाकाे चिउरीमेलाकाे एउटा ओडारमा थुनेर आगो लगाउँदा एकजना हवल्दार सहित तीनजनाको ज्यान गएको थियो । घटनामा अरू प्रहरी भाग्न सफल भएका थिए भने एउटा हतियार खाेसेर नेकपा माओवादीलाई बुझाएका थिए ।महिलाहरूको शाहसीक प्रतिरोधमा काेटबाडाका कालीबहादुर बिककाे उच्च साहदत भयो भने एकजना पुरुष सहित पाँच पाँचजना महिला घाइते भएका थिए । साेही घटनाको उच्च कदर गर्दै यो वर्ष पनि नेकपाले चैत २६ लाई विरता दिवसकाे रूपमा मनाउन लागेको छ ।
नेकपाका केन्द्रीय स्तरका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने र बिद्रोहमा सहभागी जीवित महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।- कर्ण विश्वकर्मा