निर्माण व्यवसायी मिश्रद्वारा मजदुरमाथि अमानवीय व्यवहार

२०७९ चैत्र २९ गते, बुधबार


काठमाडौँ । महोत्तरीका निर्माण व्यवसायी कृष्ण मिश्रले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । निर्माण व्यवसायी मिश्रले महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । गत फागुन २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोकको विद्युत पोलमा पाता कसेर, केस मुण्डन गरी मोसो दलेर अमानवीय व्यवहार गरेका हुन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यबहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए ।
मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला नदाफले मागरेका थिए । पटक-पटक ज्याला माग गर्दा नदिएपछि उनले काम गर्दैगर्दा लगेको औजार लगेका थिए । औजार लिएर आउनु पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । पीडितले जिल्ला प्रहरी कार्यालयमा मिश्र लगायतमाथि किटानी जाहेर दिएका छन् । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँचवर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]