जनपत्रकार सङ्गठन नेपालद्वारा नयाँ बर्षको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम

२०७९ चैत्र ३० गते, बिहीबार


काठमाडौ । जनपत्रकार संगठन नेपालले नयाँ बर्ष २०८०को पुर्वसन्ध्यामा भित्तेपात्रो विमोचन गरेको छ।सङ्गठनको उपत्यका प्रदेश समितिद्वारा काठमाडौमा आयोजित नयाँ बर्षको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रकाशन तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले भित्तेपात्रोलाई औपचारिक रूपमा विमोचन गरेका हुन। बिहिवार भएको बिमोचन कार्यक्रममा नेता शर्माले नयाँ वर्षको ऐतिहासिक सन्दर्भ , मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपाको अहिलेको कार्यभारबारे मन्तव्य राख्दै नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए।


शुभकामना आदनप्रदान कार्यक्रममा संगठनका सल्लाहकार अध्यक्ष राजेन्द्र सी,जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, नेकपा केन्द्रिय सदस्य अखिल सी, सास्कृतिक महासंघका महासचिव कुशल सी, नेकपा नेताहरू लोकेन्द्र सी, श्याम सी लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु