सशस्त्र प्रहरीका सहायक हवल्दारद्वारा आत्महत्या

२०८० बैशाख ४ गते, सोमबार


काठमाडौं । दाङ तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आत्महत्या गरेका छन् । उनले आफैंमाथि गोली चलाएर आत्महत्या गरेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिका–८ निवासी वसन्त केसीले आत्महत्या गरेका हुन् । ड्युटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार साँझ ८:४० बजेतिर एसएलआरले आफैलाई गोली चलाएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवल्दार केसीले आत्महत्या गरेको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार