नेकपा सुर्खेतद्वारा पुराना कम्युनिष्ट नेतालाई सम्मान

२०८० बैशाख ४ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ। सो पार्टीले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको ऐतिहासिक अवसर पारेर २०१४ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा योगदान गर्दै आएका ८८ वर्षीय लिलाधर गौतम,२०४७ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा योगदान गर्दै आएका ७३ वर्षीय अमर थापालाई एक कार्यक्रमका बीच सम्मान गरेको हो
। उक्त कार्यक्रममा जिल्ला सेक्रेटी जीत सी को अध्यक्षता,नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धुर्ब सी को प्रमुख अतिथिमा सम्पन्न भएको थियो।
कार्यक्रममा सम्मानित हुने व्यक्तित्वले अब सम्पूर्ण कम्युनिस्टहरु एक हुनु पर्ने बेला आएको बताएका थिए भने कार्यक्रमका संचालक हरी सिले कविता बाचनसमेत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]