नेकपा उदयपुरद्वारा पुराना कम्युनिष्ट नेतालाई सम्मान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा पुराना कम्युनिष्ट नेताहरु मीन प्रसाद सी,किसान चौधरी ,रामलाल तामाङ ,किसान चौधरी ,रामप्रसाद चौधरी ,रत्न प्रसाद ढुङ्गा ,राम कृष्ण सी लाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथीहरुले अबिर तथा दोसाला ओढाएर सम्मान गरिएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि अमृत सी ले अभिनन्दन कार्यक्रममा बोल्दै २००६ सालमा कम्युनिस्ट आन्दोलन को स्थापना भएको जानकारी गराउदै उहाँले नेपालमा दलाल पूँजीवादी राज्यव्यवस्था को सरकार भएको कारण नेपाली जनताले दुख पाएको कुरा राख्दै उहाँले देशमा भएको बेरोजगार ,भ्रष्टाचार ,कालो बजारी लघुवितको ज्यादतीले जनताको दैनिकीमा समस्या आएको कारण राख्दै देशमा संकटपुर्ण अवस्था आएकोले यसको विकल्पमा एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादमा मात्रै देश र जनताले मुक्ति पाउने कुरा राख्दै उहाँले आफ्नो पार्टीले कम्युनिस्ट पार्टीमा लामो समय सम्म लागेका नेताहरुको जिबनलाई ब्याबस्थापन गरि दिदै उदयपुरमा पनि कम्युनिस्ट आन्दोलनका जेष्ठ नागरिक पुर्ण बहादुर खत्री को निवास बनाई दिएको र अरु पनि त्यस्ता आन्दोलनमा लामो समय सम्म लागि परेका नेतृत्वहरुलाई नेपाल कम्युनिस्ट पार्टीले ब्यबस्थापन गर्ने नीति लिएको कुरा जानकारी गराउदै आफ्नो पार्टीलाई सहयोग गर्न अपिल समेत गरेका थिए।
त्यस्तै कार्यक्रमका अतिथि तथा प्रतिनिधि समिति सदस्य मीन प्रसाद सी ले स्वागत मन्तव्य राख्दै उहाँले देशमा अझै क्रान्ति पूरा भएको छैन, फेरि पनि यो दलाल राज्य ब्यस्थाको कारण जनताले दुख भोग्नु पारेको जानकारी गराउदै उहाँले
यहाँहरुको सकारात्मक सुझाव तथा सल्लाहको आवश्यकता रहेको जानकारी गराउदै नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वम सम्पूर्ण क्रान्तिकारी कम्यूनिष्टहरुलाई गोलबन्द गर्दै एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादको यात्रा पूरा गरि छाड्ने प्रतिबद्धता गरेका थिए ।
त्यस्तै कार्यक्रमको संचालन उदयपुर जिल्ला कार्यालय सचिब तथा जनपत्रकार संगठनको केन्द्रिय सचिवालय सदस्य अनिता सी ले गरेको थियो भने कार्यक्रमको अध्यक्षता सेक्रेटरी जीत बहादुर सी ले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक कुरा राख्दै आफ्नो पार्टीको कार्यक्रम अनुसार कार्यक्रममा आफ्नो निमन्त्रणालाई स्वीकार गरेर आउनु हुने अतिथिहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए। – अनिता गजमेर