नेकपा रुपन्देहीद्वारा पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ। सो पार्टीले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ अौं बर्ष पुगेको अवसरमा पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा बरिस्ठ लेखक ,साहित्यकार तथा अधिवक्ता दिल साहनी , बामपंथी नेता तथा पुर्ब सांसद रामचन्द्र भट्टराई ,पुर्ण बहादुर थापा तथा ज्योतिलाल बि क रहेका छन ।
उक्त सम्मान कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज वसन्त सी ( प्रज्वलन ) ले कम्युनिस्ट पार्टी स्थापना गरि अगाडि बढाउने पुष्पलाल लगाएत सबै नेताहरूप्रति उच्च संमान प्रकट गरे ।
उनले कम्युनिस्ट आन्दोलन हुदै जनयुद्धसम्म अाइपुग्दा र अहिलेसम्म निरन्तररुपमा कम्युनिस्ट पार्टी , आन्दोलन र विचारको रक्षा गर्न हाम्रा अग्रजहरुले पुराएको योगदानलाई कहिल्यै पनि बिर्सने छैनौं भन्दै क्रान्तिकारी शक्तिहरु अहिलेको आवश्यकता र परिस्थिति अनुसार अगाडि बढनु पर्नेमा जोड दिए । उनले सम्मानित दिल सहानी , रामचन्द्र भट्टराई ,ज्योतीलाल बि क , पुर्ण बहादुर थापालगायतले कम्युनिस्ट आन्दोलनमा खेलेको भुमिका र योगदानको बारे प्रकाश पारेका थिए ।
यसैगरी उक्त सम्मान कार्यक्रम साहित्यकार तथा अधिवक्ता दिल सहानी ,पुर्ब सांसद रामचन्द्र भट्टराई , सल्लाहकार ज्योतिलाल बि क , थारु मुक्तिमोर्चा अध्यक्ष नवीन थारु , जया पौडेल लगायतले आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्ष्ातामा सम्पन्न भएको थियोे ।