नेकपा धौलागिरीद्वारा जेष्ठ कम्युनिस्ट नेतालाई सम्मान

२०८० बैशाख ५ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्युरोले जेष्ठ कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ। सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत जेष्ठ कम्युनिस्ट नेताहरुलाई बागलुङमा सम्मान गरिएको हो। धौलागिरि क्षेत्रमा रहेर कम्युनिष्ट आन्दोलमा महत्वपुर्ण योगदान पुर्याएकाे भन्दै ९ जना जेष्ठ कम्युनिष्ट नेतालाई सम्मान गरिएको हो । यस क्षेत्रको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका म्याग्दीको बेनी नगरपालिका ६ का ध्रुर्व लाल सि, मालिका गाउँपालिका ३ म्याग्दीका फिल्टर सि, म्याग्दीको बेनी नगरपालिका २ का चन्द्र बहादुर घिमिरे, बागलुङको ताराखोला गाउँपालिका २ का अमृत घर्ति मगर, बागलुङ नगरपालिका ३ का लालचन्द्र राजभण्डारी, हरिहर श्रेष्ठ बागलुङ नगरपालिका ७ का नर बहादुर घमाल, बागलुङ नगरपालिका १२ का दल बहादुर खड्का, बागलुङको निसीखोला गाँउपालिका ७ का प्रेम बहादुर कुवँरलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सिले पुजिवादी व्यवस्था ले गर्दा देश झन झन कम्जोर हुदै गएको बताएका छन्। उनले भने नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरु नेतृत्व गर्दै पटक–पटक सरकारमा गए पनि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सकेका छैनन्। यसको प्रमुख कारण दलाल पूँजीवादी संसदीय व्यवस्थानै हो। यसकाे अन्त्य नभएसम्म देश र जनताले दुःख पाइनै रहने उनको भनाई थियो। त्यसका लागि सम्पूर्ण देशभक्त कम्युनिस्ट पार्टीहरुले एक भएर वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने बताएका छन्।
बागलुङ जिल्ला इन्चार्ज क्रन्ति सीको स्वागतमन्तव्य बाट सुरु भएको कार्यक्रमकोप्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा धौलागिरि व्युरो इन्चार्ज विकिरण सि रहेका थिए भने कार्यक्रमको संचालन म्याग्दी इन्चार्ज उषा सिले गरेका थिए। – सुधन बिश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व पानी दिवस मनाइँदै

२०८१ चैत्र ९ गते, शनिबार

२५ करोड नगदसहित एक जना पक्राउ

२०८१ चैत्र ५ गते, मंगलवार