नेकपा कलिकोटद्वारा अग्रज कम्युनिस्ट नेतालाई सम्मान

२०८० बैशाख ६ गते, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले कम्युनिस्ट आन्दोलनमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । नेकपाले ७५ औं पार्टी स्थापना दिवसको अवसरमा सोमबार रास्कोटकाे आरसिपी बजारमा आयाेजित सम्मान कार्यक्रममा कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हाे ।नेकपाले केन्द्रीय कार्यक्रम अनुसार झण्डै दुई दर्जन पुराना क्रान्तिकारी कम्युनिस्टहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा गोर्ख बहादुर सहकारी रूप्सा, काशिचन्द न्यौपाने (कोपिला) फुकोट, टक्क रोकाय (असिम ) फुकोट, देउसिंगे कुमाल सिप्खाना, विशाखर जैसी (किरण) रकु, नैले लुवार (निर्माण) मुम्रा, राम दर्जि (संघर्ष) स्युना, देउराम बिक (छाल) फुकाेट लगायतका ब्यक्तिहरू रहेका छन । सम्मानित हुने ब्यक्तिहरूले राणा विरूद्वकाे आन्दोलन देखि नेपालमा कम्युनिस्ट पार्टी स्थापना पछि पंन्चायत विरूद्व आन्दोलन, जनआन्दोलन, जनयुद्ध र एकीकृत जनक्रान्ति लगायतका विभिन्न परिवर्तनकारी आन्दोलनमा महत्त्वपूर्ण याेगदान पुर्याएकाे चर्चा गरिएको थियो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति माेर्चाका संयोजक विराट सीले सच्चा क्रान्तिकारी कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको बताय ।उनले बैज्ञानिक समाजवाद स्थापनाका लागि सबै कम्युनिस्टहरू दलाल संसदीय व्यवस्था बदल्ने अभियानमा लाग्नुपर्ने समेत समेत बताएका छन्। मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले कम्युनिस्टहरू सबै भन्दा उत्तम र शान्ति प्रेमी भएको दावि गरेका छन्। कार्यक्रममा जिल्ला इन्चार्ज बलवान सी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त बिकलगायतका अतिथिहरूले सबै कम्युनिस्ट एक हुनुपर्ने विचार राखेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी शाहसी सीले गरेकी थिइन् भने संचालन रास्काेट नगर कमिटी इन्चार्ज निर्देशन सीले गरेका थिए ।- कर्ण बिश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार