दलित आन्दोलन नेपालको धर्नामा प्रहरी दमन : २२ जना घाइते

२०८० बैशाख ६ गते, बुधबार


काठमाडौं । जातीय छुवाछूत र बिभेदको कारण समाजमा अपहेलित र शोषित अवस्थामा रहेका नेपालका दलितहरुको बिषयमा काम गरिरहेको दलितका लागि दलित नेपाल संस्थाको आन्दोलनमा प्रहरी दमन हुदा संस्थाका २२ जना घाइते भएका छन।उनिहरुले सुर्खेतको वीरेन्द्रनगर स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि धर्नामा बसेको बेला प्रहरीसङ्ग झडप हुदा आन्दोलनकारी दलित अगुवाहरु घाइते भएको बताईएको छ। दलितका लागि दलित नेपाल संस्थाले बैशाख १ गतेबाट विभिन्न ८४ बुदे माग राखि धर्ना गरिरहेको बताईएको छ। दलित माथि हुँदै आएका विभिन्न शोषण , दमन , छुवाछूत र बिभेद विरुद्ध आन्दोलनरत उक्त संस्थाको धर्ना सहितको आन्दोलन अझै जारी छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद दिवस मनाइँदै

२०८२ असार १६ गते, सोमबार

आज धान दिवस

२०८२ असार १५ गते, आईतवार

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

२०८२ असार १५ गते, आईतवार