नेकपा सुर्खेतद्वारा बृक्षारोपण
२०८० बैशाख ६ गते, बुधबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज सुर्खेत बहुमुखी क्याम्पसमा बृक्षारोपण गरेको छ । सो पार्टीका स्थायी कमिटी सदस्य रणवीर सी को विशेष उपस्थिति र सुर्खेतका ईन्चार्ज धुर्ब सी , सेक्रेटरी जीत सी को उपस्थितिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
उक्त बृक्षारोपण कार्यक्रममा बिरुवा उपलब्ध गराई सहयोग गर्ने जिल्ला बन सुर्खेतका साहायक बन अधिकृत सूर्य शर्मालाई विशेष धन्यबादसमेत दीएको थियो।