जनसत्ताकाे निर्णय नगर सरकारले उल्ट्याउँदा व्यवसायीकाे आपत्ति

२०८० बैशाख ८ गते, शुक्रबार

काठमाडौ । जनयुद्धकालमा जनसत्ताले गरेकाे घडेरी वितरणकाे निर्णय माओवादी केन्द्रले जितेको रास्काेट नगर सरकारले उल्ट्याउदा व्यवसायीहरुले आपत्ति जनाएका छन् । नगर सरकारले विकल्प बिना आरसिपी बजारमा जनसत्ताले वितरण गरेका घडेरीहरूमा बनेका घरटहराहरू भत्काउने तयारी गरेपछि व्यवसायीहरूले आपत्ति जनाएका हुन् । व्यवसायीहरूले जनयुद्धकालमा जनसरकारले बजार स्थापना गरि आफूहरूलाई बसालि लामाे समयदेखि व्यापार व्यवसायी गरिरहेको अवस्थामा नगर सरकारले विकल्प बिना उठिबास गर्न लागेको भन्दै चर्काे विरोध गरेका छन् । बिहीबार रास्काेट नगरपालिकाको सभाहलमा आयाेजित व्यवसायीहरूकाे कार्यक्रममा बाेल्दै बजार व्यवस्थापन समितिका अध्यक्ष सुशील शाहीले नगर सरकारको कडा आलोचना गर्दै रैतीमाथि राज गर्ने प्रवृत्ति देखिएको बताए ।
उनले नगर सरकारले विकल्प बिना व्यवसायीलाई उठिबास नगर्न आग्रह गर्दै व्यावसायीहरू कुनै पार्टी र नगर सरकारको दास नभएको बताए ।
अध्यक्ष शाहीले नगर सरकारले व्यवसायीहरूलाई थाहा नदिई जनसत्ताले बसालेकाे बजारको जमिनलाई आफ्नो नाममा गरि व्यावसायीलाई दुख दिएको बताए । बजार व्यवस्थापन समितिका उपाध्यक्ष गाेर्खबहादुर शाहीले स्थानीय सरकारले जनसत्ताकाे निर्णय उल्ट्याएकाे आराेप लगाउदै अहिलेको सरकार पिडा माथि मलमपट्टी लगाउने सरकार नदेखिएको बताए । उनले ५० प्रतिशत घर धनी र व्यावसायीहरूकाे क्षतिपूर्ति नगर सरकारले दिनुपर्ने माग गर्दै यदि त्यसाे हुन नसके व्यवसायीहरूले कडा आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा व्यावसायी तथा बजार व्यवस्थापन समितिका सदस्य जगदीश उपाध्यायले व्यावसायीहरू एकताबद्ध नभएको भन्दै एकताबद्ध भएर क्षतिपूर्तिको लागि संघर्ष गर्नुपर्ने बताए । व्यवसायी कमलराज बरालले जबर्जस्ती घरटहरा हटाउन खाेजिए नगरपालिकाको गेटमा तालाबन्दी गर्न व्यवसायीहरू तयार हुनुपर्ने बताए । व्यवसायी निल सुनारले विकल्प बिना घरटहरा हटाउन खाेजिए बैंकसहित सबै बजार बन्द गर्नुपर्ने बताए । उनले भने, “याे जनयुद्धको बेला जनसत्ताले स्थापना गरेको बजार हाे, जनसत्ताले वितरण गरेका घडेरीमा घरटहरा बनाएका हुन् विकल्प बिना उठाउन मिल्दैन ।”
कार्यक्रममा सहभागी प्रदिपे सुनार र दिनेश शाहीले जनसत्ताले वितरण गरेका घडेरी र स्थापना गरेको बजार विस्थापित गर्न नहुने बताएका थिए । नगर सरकारले संघीय याेजना अनुसार ३० वटा व्यवसायिक टहरा बनाउने भन्दै अव्यवस्थित घरटहरा भत्काउन लागेको दावी गरेको छ ।
नगर सरकारले तत्काल पहिलो चरणमा ४५ वटा घरटहरा भत्काउने तयारी गरेको छ । यदि ४५ घरटहरा भत्किएमा ५१ व्यवसायी विस्थापित हुनेछन् ।

  • कर्ण विश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार