सिंहदरबारको फोहोर उठाए लाइसेन्स खारेज

२०८० बैशाख १० गते, आईतवार


काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि पनि काठमाडौ महानगरपालिकाले फोहोर नउठाउने बताएको छ । मेयर बालेन साहले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर नउठाउने स्पष्ट पारेका हुन् । उनले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगर्ने बताए । सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउँन भनेर अदालतले आदेश जारी गरेको थियो । मेयर साहले परिवर्तन नेपालका अध्यक्ष मित्र घिमिरेलाई टेलिफोन गरेर फोहोर नउठाउन निर्देशन दिए । घिमिरेका अनुसार बालेनले सर्वोच्चको आदेश नमान्ने भन्दै सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर नउठानू भनेका हुन् । उठाए लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएको घिमिरेले बताए । मेयरको आदेशपछि सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउन थाल्ने उनले उल्लेख गएका छन ।

प्रतिक्रियाहरु

[anycomment]