त्रिवि क्षेत्रमा आतंक फैलाइरहेको चितुवा नियन्त्रणमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवालाई आज बिहान नियन्त्रणमा लिइएको छ । एक महिनाअघिदेखि विश्वविद्यालयको बाटो हुँदै साँझ-बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत आक्रमण गरेको थियो। करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो ।
त्रिवि केन्द्रीय क्याम्पसका प्रार्चाय ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए । त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो । -रासस