चट्याङ लागेर बुवा–आमा घाइते , छोराको मृत्यु !

२०८० बैशाख १४ गते, बिहीबार


काठमाडौँ । गएराति करिब नौ बजेतिर ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका वडा नम्बर ४ को एक घरमा चट्याङ लाग्दा बुवा–आमा घाइते भएका छन् भने छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । दोर्चीका बुवा र आमा घाइते छन् । तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिए । उनका अनुसार चट्याङले घरमा जडान गरिएको बिजुलीको मिटर बक्स, वायरिङ गरिएका तार, ढुंगा माटोले बनेको घरको भित्ता र सुधारिएको चुल्होसमेत क्षति पुगेको छ ।
‘घरको मुल खम्बामा स्वीच रहेछ । त्यही मुनि छोरा रहेछ, उसैलाई बढी असर परेर बित्यो,’ वडा अध्यक्ष शेर्पाले भने । उनका आमा र बुवाको भने जिल्ला अस्पतालमै उपचार जारी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार