आमरण अनशनरत घिमिरेको जीवन रक्षा गर

२०८० बैशाख १४ गते, बिहीबार


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै आमरण अनशन बसेका किसान श्रीराम घिमिरेको जीवन रक्षा गर्न माग गरेको छ । घिमिरे ५ वैशाखदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशनमा बसेका छन् । आयोगको टोलीले अनशनस्थल पुगेर अनुगमन गर्नुका साथै, अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । घिमिरेको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताएका छन् ।
आयोगले अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरुको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार