चट्याङमा परी ५४ भेडा मारिए

२०८० बैशाख १७ गते, आईतवार


काठमाडौँ । पाँचथरको फालेलुङमा चट्याङमा परी ५४ वटा भेडा मारिएका छन्। पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चट्याङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन्। शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारेका उनलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको थियो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो चट्याङका कारण भेडा फर्मका मालिकलाई झन्डै १६ लाख बराबरको क्षति हुन पुगेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार