पुर्व गृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

२०८० बैशाख १९ गते, मंगलवार


काठमाडौं । पुर्व गृहमन्त्री रामबहादुर थापा (बादल) का सल्लाहकार तथा द्वन्द्व विज्ञ इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा उनलाई आज बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु