दार्चुला हिमपहिरो : ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता

२०८० बैशाख २० गते, बुधबार


काठमाडौँ । मंगलबार दिउँसो पौने ३ बजे दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन । हिमपहिरोले १२ जना पुरिएका थिए। जसमध्ये ६ जना पुरूष र एक जना महिलाको सकुशल उद्धार भएको डिएसपी थापाले बताए । अझै चार महिला र एक पुरूष बेपत्ता छन्। लगातार परेको पानी र हिउँका कारण उद्धारको काम गर्न कठिन भइरहेको उनले बताए । ‘लगातार पानी र हिउँ परिरहेको छ। मौसम खराब भएका कारणले बेपत्ताको खोजी हुन सकेन,’ उनभने – ‘सम्भव भएसम्म आज बिहानैदेखि खोजी तथा उद्धारको काम सुरू हुन्छ।’
यार्सागुम्बा खोज्न गएका उनीहरुलाई त्रिपालमा बसिरहेको बेलामा हिमपहिरोले पुरेको थियो । बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलमा खटिएको थियो। हिमपहिरो गएको स्थानमा भेटिएका अन्य १३ जना पनि सशस्त्र प्रहरी बलको टोलीसँग फर्किएको डिएसपी थापाले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार