सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

२०८० बैशाख २० गते, बुधबार


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि बुधबार उनले आत्मसमर्पण गरेका थिए । लगत्तै उनलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]