मुगुमा हिमपहिरो : तीन जनाको मृत्यु

२०८० बैशाख २४ गते, आईतवार


काठमाडौँ । हिम पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिका–२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको छ । उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । १५ जनाको टोली शनिवार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो । उनले भने- ‘जिल्ला प्रशासन कार्यालय मुगुले मौसम राम्रो छैन भनेर खुलाएको नै रहेछ । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिएको थियो । उनीहरूलाई एक पटक फर्काएको थियो । तर, जबरजस्ती गरेर कता कुन बाटोबाट लुकेर गएछन् ।’
घटनाको थप विवरण आउन भने बाँकी रहेको जुम्ला प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । १३ जना घर फर्किएको र ३ जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार, प्रहरी कार्यालय मुगुले उद्धारका लागि पहल गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]